तेश्रो मेयर कप ब्याडमिन्टन चैत्र तेश्रो हप्ता

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 370 पटक हेरिएको

कोभिड १९को बन्दाबन्दि पश्चात ब्याडमिन्टन प्रतियोगितामा निकैनै बृद्धि हुन पुगेको छ । यसै क्रममा झुम्का ब्याडमिन्टन क्लबले प्रदेश नं. १ स्तररिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता चैत्र २७ र २८ गते आयोजना गर्न लागेको हो ।

एक महिनाको विचमा यो प्रदेश १ स्तरिय मेयरकप प्रतियोगिता दाेस्राे हो । एक महिना अघि मात्र भोजपुरमा प्रदेश १ स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भई सकेको छ ।

रामधुनी नरगापालिका, झुम्का, सुनसरीमा आयोजना हुने प्रतियोगितामा पुरुष युगल खुल्ला, यु–१७ गल्र्स एकल, खुल्ला गल्र्स एकल, भेट्रान्स ४५ माथि, र आन्तरिक खेलाडीहरुको गरि ५ विधामा करिव २०० सय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।

करिव १२ लाखको लागत रहेको प्रतिस्पर्धामा पुरुष युगल तर्फका शिर्ष तीन बिजेताले नगद ३० हजार, २० हजार र १० हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै यु १७ र खुल्ला गल्र्स एकल तर्फका शिर्ष तीनले १० हजार, ७ हजार र ३ हजार , भेट्रान्स तर्फका शिर्ष तीनले १५ हजार, १० हजार र ७ हजार तथा आन्तरिक विचका शिर्ष तीनले १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक पुष्प दाहालले जानकारी गराएका छन् ।

प्रतियोगितामा सहभागि हुने खेलाडीका लागि विहानको खाजा र लन्च आयोजकले ब्यहोर्ने भएका छन् । यस्तै प्रतियोगितामा नाम दर्ताका लागि प्रति खेलाडी १ हजार र दर्ता गर्ने समय चैत्र २४ गते ४ बजे सम्म रहेको संयोजक दाहालले बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey