आर्मी र श्रीलंका पुलिसविच दर्शकले मैदानमा खेल हेर्न पाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२०
  • |
  • 672 पटक हेरिएको

एएफसी कप अन्तर्गत दक्षिण एशियाको पहिलो चरणको छनौटको प्लेअफमा नेपाली क्लव त्रिभवन आर्मीले श्रीलंकाको पुलिस क्लवसँग यहि २५ गते दशरथ रंगशालामा खेल्दैछ ।

नेपालबाट एएफसीको क्लव लाइसेन्स पाउने पहिलो क्लव भएपछि एएफसी कप खेल्न पाएको आर्मीले दशरथ रंगशालामा खेल्दा दर्शकले प्रवेश पाउने भएका छन ।

खेलका बेला रंगशालाको कुल क्षमताको ५० प्रतिशत दर्शक प्रवेश गराइने भएको छ । यसको अर्थ करिव सात हजार दर्शकलाई खेलका बेला रंगशालामा प्रवेश गराइने भएको छ ।

जसका लागि टिकटको मुल्य पनि तोकिएको छ । आर्मीले आज पत्रकार सम्मेलन गरेर खेलका बेला साधारण तर्फ तीन सय र भिआइपी तर्फ पाँच सय रुपैयाँ टिकट तोकेको छ ।

नेपालमा भएको थ्री नेशन्स कपपछि आर्मीले आफ्नो पहिलो रोजाईका खेलाडीलाई प्रशिक्षणमा राखिसकेको छ । जसबाट अन्तिममा २३ खेलाडी छनौट हुनेछन ।

आर्मीले दक्षिण एशियाबाट प्लेअफ जित्नका लागि समुह चरणमा तीन वटा खेलमा विजयी हुनुपर्नेछ । आर्मीले श्रीलंका पुलिसपछि बैंग्लोर फुटबल क्लवसँग खेल्नेछ । त्यो खेलमा पनि जित निकालेमा आर्मीले अप्रिल २१ मा प्लेअफ फाइनल खेल्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey