काेलकाताका ब्याट्सम्यान नितेशलाई कोरोना पोजेटिभ

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१९
  • |
  • 352 पटक हेरिएको

कोलकाता नाइट राइडर्सका ब्याट्सम्यान नितिश रानालाई कोरोना पोजेटिभ भएको छ । राना गोवाबाट छुट्टी मनाएर फर्किएका थिए । जसमा उनको परिक्षण हुँदा रिपोर्ट पोजेटिभ आएको छ । तर उनी यसअघि नै क्वारेन्टिनमा रहेकाले कोहिपनि ट्रेसिङमा नपरेको बताइएको छ ।

रानाको दुई दिन अगाडी नै रिपोर्ट पोजेटिभ आएको बताइएको छ । आइपीएलको नयाँ सिजनको तयारीमा जुट्नु अगाडी उनी आइसोलेसनमा बसेका थिए । रानाले दिल्लीमा भएका सेइद मुस्ताक अली ट्रफी र विजय हजारे ट्रफी खेलेका थिए ।

उनी कोलकाताको क्याम्प भन्दा बाहिर नै रहेको भनिएको छ । हाल उनी मुम्बईको एक होटेलमा डाक्टरको निगरानीमा आइसोलेसनमा बसेका छन ।

कोलकाताको मुख्य ब्याट्सम्यान रहेका रानाको रिपोर्ट नेगेटिभ आएपछि उनी कोलकाता टिममा फर्किने बताएका छन । पछिल्लो पटक भारतमा कोरोना संक्रमणको दर बढिरहेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey