नेक्सस कपलाई कागेश्वरी मनोहराको साथ

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१४
  • |
  • 792 पटक हेरिएको

सोमबारदेखि शुरुहुने यु १६ नेक्सस कप क्रिकेट प्रतियोगितालाई कागेश्वर मनोहरा नगरपालिकाले साथ दिने भएको छ ।

उक्त नगरपालिका जोडिएसँगै प्रतियोगिताको नाम कागेश्वरी मनोहरा नगरपालिका नेक्सस कप सिजन चार हुने छ ।

प्रतियोगिताको तयारी पूरा भएको नेक्ससका अध्यक्ष भरतकुमार शाहीले जानकारी दिए । ३१ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका ३१ वटा क्लबले यो प्रतियोगितामा सहभागीता जनाउने छन् ।

मूलपानी मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा गत सिजनको विजेता नेक्सस क्रिकेट एकेडेमी र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुने छ ।

टी २० फर्म्याटका आधारमा सञ्चालन हुने यो प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा उप विजेताले ७५ हजार हात पार्ने छ । यसैगरी प्रतियोगितामा हरेक खेलमा म्यान अफ दि म्याच, बेष्ट बलर, बेष्ट ब्याटम्यान, म्यान अफ दि सिरीज र ईमर्जीङ ल्पेयर को अवाड समेत प्रदान गरिने पनि जनाइएको छ ।

अन्डर सिक्सटिन उमेर समुहको प्रतियोगिता भएकाले प्रतियोगितामा २०६१/११/३० गते भन्दा पछि जन्म भएको प्रमाण खुल्ने जन्म दर्ता वा कक्षा ८ को प्रमाण पत्र वा एस इ इ को प्रमाणपत्र लगाएत सरकारी कागजपत्र लाई आधार मानिने पनि अध्यक्ष शाहीले जानकारी दिए ।

कसकाे खेल कहिले त ?

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey