नेपाल भर्सेस बंगलादेश : विंगर र फर्वाड चल्दा नतिजा नेपालको पक्षमा आउँछ

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१४
  • |
  • 502 पटक हेरिएको

यदी म गलत छैन भने मलाइ थाह भए अनुसार सन् २०१८ सेप्टेमेबर ८ मा नेपालले बंगलादेशलाइ २ -० गोल अन्तरले जितेको थियो । यसैगरी २०२० मा रिभर्स नतिजा २-० दिएर बंगलादेशले नेपाललाइ जितेको थियो। बास्तबमा  फुटवल खेल क्रिकेट जस्तो अनपेक्षित नतिजा दीने खेल हैन तर कहिलेकाही बिरलै रुपमा फुटबलमा पनि अनपेक्षीत नतिजा आउने गर्छ तर क्रिकेट भन्दा फूटवलमा यो नतिजा दुर्लभ हो ।

प्रस्तुति : सुगत पराजुली

उदाहरणका लागि जहाँ आइसल्यान्ड जस्तो चिकित्सक अर्थात डाक्टर नै डाक्टरलरे भरिएको टिमले पनि युरोपियन कपमा युरोपको बिख्यात मुलुकहरुलाइ पनि हम्मे हम्मे पार्ने गरि धक्का दिने सामर्य्य राखेको पनि देखियो ।

बंगलादेश र नेपाल दक्षिण एसियामा बराबरी अर्थात १९/२०का प्रतिद्धन्दी हुन । अस्तिको खेलमा दशरथ रंगशाला दर्शकले खचाखच नभरिए पनि, नेपाल नेपाल भन्ने लहर खेल भरि नै गुन्जी रह्यो ।

फूटबल प्रेमीहरु नेपाललाइ समर्थन गर्न रंगशालामा उपस्तित थिए, कोही झन्डा सहित त कोही रातो जर्सी सहित मैदानमा थिए। किर्गिस्तानसंगको खेलमा नेपालले पूर्ण रुपमा पकड जमाउन सके पनि फाइनल थर्डमा खासै राम्रो मौका भनेको पाएको थिएन , बाल गोपाल महर्जनले दुइ उत्कृष्ट फरवार्ड नवयुग श्रेष्ठ र आशिष लामा (ए डिभिजनको सर्बाधिक गोल कर्ता ) लाई पक्कै सम्जिएको पक्कै हुनु पर्छ । दुवै खेलाडी अहिले बाल गोपाल महर्जनको प्लेइड लिष्ट मै छैनन्।

नेपालको खेलमा खेलाडीको स्टामिनामा पनि प्रश्न उठेको छ , खेलको अन्तिम १० मिनेटमा खेलाडी निक्कै थकित देखिएको थिए । कोच बाल गोपाल महर्जन १० खेलाडीमा सिमित किर्गिस्तानसंग १ अंक बटुल्न सक्दा पनि चित्त बुजाइ रहेका थिए । उनलाई गरेको प्रश्नमा उनि निक्कै झोकिएको पनि देखियो तर अब बंगलादेशसंगको खेलमा उनको रणनिती के हुन्छ त भन्नेमा ठुलो प्रश्न चिन्न उठेको छ ।

बंगलादेशको आक्रमक शैली  र डिफेन्स दुइवटै बलियो छ, यो खेलले फिफा बरियता पनि तल माथि गर्नेमा दुइमत छैन । हर हालतमा खेल जित्नै पर्ने दबाब छ। बंगलादेश निक्कै सर्ट पास खेल्न रुचाउने कारणले गर्दा टिमको पोजिसन र गमे प्ले पनि निक्कै बलियो छ, खेलमा नेपालको विन्ग्गेरले राम्रो संग काउन्टर अट्याकमा ध्यान दिने हो भने बंगलादेशको डिफेन्सलाइ पनि हम्मे हम्मे पर्न सक्ने प्रबल सम्भावना रहेको छ । माथी भने अनुसार बंगलादेश संग पटक पटक खेलीसकेको नेपालले पछिलो २ खेलमा एक गोल पनि गर्न सकेको छैन ।

यसै कराण पनि अग्रपंतिमाले हर हालतमा आफ्नो खेल कौशल देखाउन  पर्ने हुन्छ।

आज पनि उस्तै प्रतिफल आउने होकी भनेर समर्थकहरु निक्कै चिन्तित देखिएका छन्। खेलाडीहरु बिपक्षीको डि बक्समा बल लिएर पुग्दा निक्कै अतिएको पनि देखियो , धेरै अन्तरास्ट्रिय खेल खेल्न नपाएको कारणले गर्दा यस्तो परिणाम आएको त हैन भन्ने अनुमान फुटबल फ्यानहरुलाइ लागेको छ ।

पछिल्लो खेलमा घरेलु टोलिले कुनै तयारी बिना नै खेल खेलेको जस्तो देखियो , खेलमा बिपक्षी गोल्कीपेरलै कुनै पनि कस्ट बेहोर्न परेन , अब को खेलमा गोल गर्दै दर्शकको मन जितेरै छोड्ने नेपाली टिमको लक्ष्य हुने छ तर एस्तो गर्न सजिलो भने पक्कै हुने छैन। बंगलादेशसंग को खेलमा अंक निकाल्न सके पनि नेपालको फाइनलको यात्रा अगि बढ्ने छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey