नेपालले आज कीर्गिस यु २३ सँग खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१२
  • |
  • 346 पटक हेरिएको

राजधानीमा जारी त्रिदेशीय फुटबल प्रतियोगिता ‘थ्री नेसन्स कप’मा आज नेपालले पहिलो खेल खेल्दै छ ।

दशरथ रंगशालामा अपरान्ह साढे ५ बजे शुरुहुने खेलमा नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।

यो खेलमा कीर्गिस्तानको भने ओलम्पिक टिम ‘यु २३’ले प्रतिस्पर्धा गरेको छ ।

आजको खेलमा नेपाल विजयी भए फाइनलमा स्थान सुरक्षित गर्ने छ भने पराजित भएमा नेपालले शनिबार हुने बंगलादेशसँगको खले पछि मात्रै फाइनल पुग्ने टिमको टुंगो लाग्ने छ ।

पहिलो खेलमा कीर्गिस्तान बंगालदेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपाली टिम किरण चेम्जोङको कप्तानीमा खेल्ने छ ।

नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले बुधबार मात्रै किरणको कप्तानीमा २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey