त्रिदेशीय फुटबल प्रतियाेगितामा नेपालकाे पहिलाे प्रतिस्पर्धा किर्गिस्तानसँग

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०३
  • |
  • 1031 पटक हेरिएको

 

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा दशरथ रंगशालामा हुने त्रिदेशीले फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । जसमा प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र किर्गिस्तान भिड्ने भएका छन ।

मार्च २३ तारिखबाट सुरु हुने प्रतियोगिताको दोस्रो खेलमा मार्च २५ मा नेपाल र किर्गिस्तानविच प्रतिस्पर्धा हुनेछ ।

यस्तै प्रतियोगितामा मार्च २७ तारिखमा नेपाल र बंगलादेश खेल्नेछ । सबै खेल दशरथ रंगशालामा फल्र्डलाइटमा हुनेछन । फाइनल खेल मार्च २९ तारिखमा हुनेछ ।

फिफा विश्वकप छनौटका खेलहरु स्थगित भएपछि एन्फाले खालि रहेको सो समयमा यो प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिताका लागि बंगलादेश र किर्गिस्तान २१ मार्चमा नेपाल पुग्नेछन । उनीहरुको नेपाल आएर कोरोना परिक्षण हुनेछ । त्यसपछि मात्र प्रशिक्षणमा सहभागि हुन पाउनेछन । किर्गिस्तानको यू २३ टिम नेपाल खेल्न आउनेछ । नेपाल र बंगलादेशका भने सिनियर खेलाडी नै टिममा रहनेछन । शिर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन ।

यो प्रतियोगिता सकिएपछि दशरथ रंगशालामा नै नेपाल सुपर लिग आयोजना हुँदैछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey