अर्थोप्लास्टमा रिहाब गरिरहेका खेलाडीको फिटेनश टेष्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२९
  • |
  • 599 पटक हेरिएको

अर्थोप्लास्ट रिहाब सेन्टरमा उपचाररत खेलाडीहरुको फिटनेश टेस्ट गरिएको छ । नेपाली खेलाडीहरु इन्ज्योरी भएपछि थेरापीका लागि जाने उक्त सेन्टरले फुटबल, क्रिकेट र बास्केटबल खेलाडीहरुको फिटनेश टेस्ट गरिएको हो ।

फिटनेश टेस्टमा नेपाली राष्ट्रिय क्रिकेट आरिफ शेख र ऋत गौतम, बास्केटबल खेलाडी मनिष केसी र  सविता खड्का फुटबल खेलाडीहरु अरुज सिंह र साकार ढकाल सहभागी भएका थिए ।

अर्थोप्लास्टमा थेरापी गरिरहेका खेलाडीहरुमा सुधार आए नआएको विषयमा जान्नका लागि पहिलो पटक यस्तो टेस्ट गरिएको त्यहाँका मेडिकल डाइरेक्टर सुरज भुसालले जानकारी दिए ।

सबै खेलाडीहरुमा विगतको तुलनामा धेरै शुधार आएको पनि उनले बताए । खेलाडीहरुले साना साना कुरामा ध्यान नदिँदा पछि चोट बल्झिने भएकाले सबैले सचेतना अपनाउन पनि सो अबसरमा आग्रह गरिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey