आर्मीविरुद्ध बागमती पहिला ब्याटिङमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२७
  • |
  • 318 पटक हेरिएको

राजधानीमा जारी काठमाडौं मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह चरणका अन्तिम दुई खेल आज हुँदै छन् ।

आजको खेलको नतिजासँगै फाइनल पुग्ने दोस्रो टिमको पनि टुंगो लाग्ने छ । यसअघि काठमाडौं मेयर ११ माथि १०३ रनको जीत दर्ता गरेको नेपाल पुलिस क्लब फाइनलमा पुगिसकेको छ ।

आज मूलपानी मैदानमा विभागीय क्लब एपीएफ र काठमाडौं मेयर ११ बीच प्रतिस्पर्धा हुदैंछ ।

उता कीर्तिपुर मैदानमा बागमती प्रदेश र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने छ । यो खेलमा बागमतीले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey