राष्ट्रिय पेन्केक सिलात बर्दियामा सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२६
  • |
  • 220 पटक हेरिएको

बर्दिया जिल्ला पेन्केक सिलात संघको आयोजनामा प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगिता बुधबारदेखि बारा बर्दिया नगरपालिकाको धरमपुरमा सुरु भएको छ ।

पहिलो दिन उद्घाटन कार्यक्रम मात्र भयो । बिहीबारदेखि प्रतिस्पर्धा सुरु हुने पेन्केक सिलातका मुख्य प्रशिक्षक दोर्जे लामाले जनाएका छन् ।

प्रतियोगिताको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले शान्तिको प्रतीक परेवा उडाएर उद्घाटन गरे । बारा बर्दिया नगरपालिकाको विशेष सहयोगमा भइरहेको प्रतियोगिताको उद्घाटन अवसरमा खेलाडी गोविन्द चौधरीलगायतले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए । साथै विभिन्न समुदायका झाँकी, सांस्कृति कार्यक्रम, हांस्यव्यङग्य प्रस्तुतीलगायतका कार्यक्रम भएका थिए ।

प्रतियोगितामा सातै प्रदेश र आयोजक गरी ८ टिमका ८२ खेलाडी सहभागी छन् । प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुषमा ५ र महिलामा ४ गरी ९ फाइट स्पर्धा समावेश छन् । त्यस्तै पुरुष÷महिलाको एक टुंगल (काता) मा पनि खेल हुने छ ।

नेपाल पेन्केक सिलात संघका केन्द्रीय अध्यक्ष दीपेशकुमार पुनले खेलको व्यापकताका लागि मोफसलमा प्रतियोगिता आयोजना गरिएको धारणा व्यक्त गरे । आयोजक जिल्ला संघका अध्यक्ष खिमबहादुर खड्काले पेन्केक सिलातको पहिलो राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पाउनु बर्दियावासीका लागि गौरवको कुरा भएको बताए । प्रतियोगिता शनिबारसम्म चल्ने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey