काठमाडाैं मेयर कपमा राम्राे फर्ममा नदेखिएका पारस

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२५
  • |
  • 256 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जारी काठमाडौं मेयर कप क्रिकेटमा ठूलो आशा गरेका खेलाडी हुन पारस खड्का ।

टिमका लागि उनको ब्याटबाट राम्रो अपेक्षा गरिएको थियो । तर उनी यो प्रतियोगितामा खासै जम्न सकेनन् । उनले तीन खेल खेल्दा मात्र ३९ रन बनाएका छन ।

बागमती प्रदेशबाट खेलिरहेका पारसले पहिलो खेलमा मुलपानीमा नेपाल पुलिस क्लवविरुद्ध खाता नै खोल्न सकेनन् । त्यसपछि मुलपानीमा नै भएको मेयर ११ विरुद्धको खेलमा पनि उनले मात्र १० रन बनाए ।

प्रतियोगिताको तेस्रो खेलमा उनले कीर्तिपुर मैदानमा एपीएफविरुद्ध २९ रन बनाए । जुन उनको यो प्रतियोगितामा सर्वाधिक स्कोर हो ।

यस्तै उनले यसअघिका दुई खेलमा एक खेलमा बलिङ गरेनन् भने अर्को खेलमा २७ रन खर्चिदा विकेट लिन सकेनन् ।

पारसको फर्मका कारणपनि बागमतीले गरेको आशा केहि भएपनि निराशामा परिणत भएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey