इपीएल क्रिकेटकाे समयमा नेपाल आउलान त धोनी ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२४
  • |
  • 548 पटक हेरिएको

नेप्लेज । एभरेष्ट प्रिमियर लिग आगामी सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म हुने पक्का भैसकेको छ ।

एभरेष्ट प्रिमियर लिगले सह प्रायोजकको रुपमा भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको कम्पनी ‘सेभेन’ लाई पाएको छ ।

भारतको लाइफस्टाइल ब्राण्ड ‘सेभेन’ २०१६ मा प्रारम्भ भएको थियो भने भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी यसका ब्रान्ड एम्बेस्डर हुन् ।

धोनीको ७ नम्बर जर्सिबाट नै ब्राण्डको नाम ‘सेभेन’ रहेको छ भने यसले ओडिआई र टी –२० टिमहरुलाई प्रायोजन गर्दै आइरहेको छ ।
नेपालको प्रतिष्ठित क्रिकेट प्रतियोगिता इपीएलसँग धोनीको ब्राण्ड जोडिएसँगै इपीएलमा भारतीय पूर्व कप्तानको उपास्थिती हुन सक्ने सम्भावनाबारे चर्चा शुरु भएकाे छ ।

उनी खेल्नका लागि नभइ प्रतियाेगिताका दाैरान काठमाडाैं आउँछन् त भन्ने प्रश्न सेभनका एमडी अरुण पाण्डेले  सञ्चारकर्मीले राखेका थिए । जवाफमा एमडी पाण्डेले धाेनीले सन् २०११ मा नेपाल भ्रमण गरेकाे स्मरण गर्दै आगामी दिनमा उनी आउने या नआउने बारेमा भने आफूले अहिले नै केही भन्न नसक्ने जवाफ दिएका थिए ।

विश्वक क्रिकेटमा कुल खेलाडीकाे छवि बनाएका सफल कप्तानसमेत रहिसकेका धाेनीका समर्थक नेपालमा पनि लाखाैैं छन् । अहिले उनी आवद्ध कम्पनी नेपालकाे चर्चित फेन्चाइज लिग आयाेजना हुँदा ब्राण्ड प्रमाेशनका लागि पनि उनी आउन सक्ने अड्कल हुनु स्वभाविक नै रहेकाे बताइएकाे छ ।

२००४ मा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका धाेनीले २०२० अगस्ट १५ तारिखमा सन्यासकाे घाेषणा गरेका थिए । उनी अहिले पनि विश्वकै चर्चित फेन्चाइज लिग आईपीएलमा चेन्नाई सुपर किंग्सकाे कप्तानी गरिरहेका छन् ।

धाेनीकाे कम्पनी ‘सेभेन’ इपीएलकाे सहप्रायाेजक

फाइनल भइसकेका र केहि नयाँ विदेशी खेलाडी इपीएल खेल्न आउँछन्-अख्तर

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey