धाेनीकाे कम्पनी ‘सेभेन’ इपीएलकाे सहप्रायाेजक

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२४
  • |
  • 303 पटक हेरिएको

नेपालमा आगामी सेप्टेम्बर २५ देखि अक्टोबर नौ तारिखसम्म हुने एभरेष्ट प्रिमियर लिगमा भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीको कम्पनी सेभेन सह प्रायोजकका रुपमा भित्रिएको छ।

एभरेष्ट प्रिमियर लिगका प्रबन्ध निर्देशक आमिर अख्तर र सेभेनका बजार प्रबन्धक प्रमुख अरुण पाण्डेविच आज सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सम्झाैता अनुसार सेभेन कम्पनीले प्रतियाेगितामा चाहिने किट्स र ड्रेसहरू उपलब्ध गराउने छ । तीन बर्षका लागि भएकाे सम्झाैताकाे रकम बारेमा भने गाेप्य राखिएकाे छ।

सो कम्पनीले इपीएलमा सहभागि ६ वटै टिमको किट्स, ड्रेस उपलब्ध गराउने भएको छ । रिथी समुह अन्तर्गत रहेको सेभेन कम्पनी पहिलो पटक नेपाली क्रिकेटमा भित्रिएको हो । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धाेनी यसकाे ब्राण्ड एम्बेसडर रहेका छन ।

नेपालमा पनि आफ्नो बजार बिस्तार गर्ने लक्ष्यका साथ सो कम्पनीले इपीएलसँग पहिलो सहकार्य गर्न लागेको हो । यसका साथै सो कम्पनीले आगामी दुई बर्षमा काठमाडौंमा तीन वटा आउटलेटपनि खोल्ने भएको छ । भविष्यमा त्यसलाई बढाएर १४ वटा पुर्याउने योजना कम्पनीको रहेको छ ।

इपीएलको प्रबन्ध निर्देशक अख्तरले मल्टिनेशनल कम्पनीसँग साझेदार हुन पाउँदा खुसी लागेको र यसले प्रतियोगिताको उचाई झन बढ्ने बताए । सन् २०१६ मा स्थापना भएको सेभेन कम्पनी विभिन्न देशमा आफ्नो शाखाहरु विस्तार गर्ने क्रममा रहेको छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey