खेलाडी र प्रशिक्षकले लगाए खोप

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२३
  • |
  • 279 पटक हेरिएको

काठमाडौं– नेपाल ओलम्पिक कमिटीको पहलमा आइतबार ओलम्पिक छात्रवृत्ति तथा वाइल्ड कार्डमा रहेका खेलाडी र प्रशिक्षकले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

पाटन अस्पतालमा कराँते, जुडो, सुटिङ, एथलेटिक्स र बक्सिङका खेलाडी तथा प्रशिक्षकले खोप लिएका हुन् । यस्तै पोखरामा आर्चरी र भारोत्तोलनका खेलाडी तथा प्रशिक्षकले खोप लगाए ।

पौडीका खेलाडीले भने यसअघि नै खोप लगाइसकेका छन् । सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको टोकियोमा औं ३२ औं गृष्मकालीन ओलम्पिक हुँदैछ ।

खोप पाउनेमा ओलम्पिक कमिटीका पदाधिकारी र कर्मचारी पनि रहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey