टाइगर कप भलिबलकाे महिलाकाे उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१०-३०
  • |
  • 247 पटक हेरिएको

पोखरामा जारी टाइगर कप अन्तर क्लव भलिबल प्रतियोगिताको महिला तर्फको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लव विच प्रतिस्पर्धा हुने भएको छ ।

पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा एपीएफले न्यू डायमण्डलाई तीन शुन्यको सोझो सेटमा हरायो ।

एपीएफले न्यू डायमण्डलाई २५–२१, २५–२१ र २५–२३ को सेटमा हरायो । पहिलो र दोस्रो सेट २५–२१ ले जितेको एपीएफले तेस्रो सेट २५–२३ ले जित्न सफल भयो । यो प्रतियोगितामा एपीएफले पहिलो खेलमा पुलिससँग नै तीन शुन्यको सोझो सेटमा पराजित भएको थियो । तर उसले कमब्याक गर्दै फाइनलमा स्थान बनायो ।

एपीएफलाई फाइनलमा पुग्नका लागी सोझो सेटको जित आवश्यक थियो भने न्यू डायमण्डले एक सेट जितेमा पनि फाइनलमा पुग्न थियो । तर एपीएफले उत्कृष्ट जित निकाल्दै फाइनलमा स्थान बनायो ।

पुलिसले यसअघि नै फाइनलमा स्थान बनाइसकेकाे छ।  न्यू डायमण्डसँगकाे हारपछि पनि पुलिसले फाइनलमा स्थान बनाएकाे हाे । फाइनल खेल भाेली हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey