चोटबाट तंग्रिदै गरेका करण भन्छन्-‘९० प्रतिशत ठिक भएको छ’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२५
  • |
  • 529 पटक हेरिएको

चितवनमा भएको गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताको फाइनमा खुट्टाको चोट बोकेका करण केसी विस्तारै निको हुने क्रममा छन् । प्रतियोगितापछि गृहनगर पोखरा गएर आराम गरेका करण पछिल्लो नौ दिन देखि काठमाडौंमा छन् ।

यूएईको आबुधावीमा हुने टी १० लिगको तयारीमा रहेका करणले कुरकुच्चाको चोटका कारण प्रशिक्षण गर्न पाएका छैनन् । पोखराबाट काठमाडाै‌ं आएका करणलाई पछिल्लो एक सातादेखि राष्ट्रिय टिमका फिजियो विक्रम न्यौपानेले नियमित थेरापी गराइरहेका छन् । अहिले रिह्याबमा रहेका करणको चोट ९० प्रतिशत निको भइसकेको छ ।

चाँडै पुर्ण रुपमा निको भएर उनी नेटमा पुर्ण रुपमा अभ्यासमा उत्रिने योजनामा छन् । यसैविच उनले चोट निको भएको खण्डमा पीएम कपका केहि खेलहरु खेल्ने योजना रहेको बताएका छन् । टी १० लिगका कारण उनले पीएम कपका दुई तीन खेल मात्र खेल्न पाउनेछन् ।

पहिलो पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने तयारीमा रहेका करणले पीएम कप त्रिभुवन आर्मी क्लवबाट खेल्ने कुरा भइरहेको बताएका छन् । तर त्यो भन्दा अगाडी आफु चोटबाट निको हुनुपर्ने बताए पनि बताए ।

हेराैं चाेटबाट निकाे हुने क्रममा रहेका करणले त्रिवि क्रिकेट मैदानमा गरेकाे याे अभ्यास भिडियाेमा 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey