देशव्यापी अन्तर वडा टेवलटेनिस हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-२१
  • |
  • 300 पटक हेरिएको

नेप्लेज । नेपाल टेवलटेनिस संघको वार्षिक कार्यक्रम अन्तर्गत देशव्यापी अन्तर वडा टेवल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताको आयोजना स्पिन इभेन्ट्स प्रालीले गर्नेछ ।

आगामी चैत २ देखि ७ सम्म लैनचौरस्थित राष्ट्रिय टेवलटेनिस प्रशिक्षण केन्द्रको हलमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

नेपाल टेवलटेनिस संघले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार कोरोना महामारीका कारण खेलकुद गतिविधि ठप्प हुँदा खेलाडी निरुत्साहित बनेकाले उनीहरुको मनोबल उच्च बनाउन सरकारले लागू गरेको स्वास्थ्य मापदन्ड पूरा गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला एकल, पुरुष भेट्रान एकल (४० वर्षमाथि), पुरुष भेट्रान एकल (५५ वर्ष माथि) गरी ६ विधा समावेश गरिएको छ । देशभरका सबै वडाका खेलाडीले सहभागिता जनाउने विश्वास आयोजकको छ ।

प्रतियोगिताको बजेट १९ लाख ५० हजार अनुमान गरिएको छ । एकल स्पर्धातर्फ शीर्ष ३ स्थानमा आउने खेलाडीले नगद पुरस्कार पाउने संघले जानकारी दिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey