अनलाइन आइओएफटीसी भर्चुअल च्याम्पियनसिपमा नेपाल पुलिस उत्कृष्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-१८
  • |
  • 275 पटक हेरिएको

विभागीय टिम नेपाल पुलिस टिम दोस्रो आइओएफटीसी पुम्सेको भर्चुअल च्याम्पियन्समा उत्कृष्ट घोषित भएको छ ।

पोर्टल्याण्ड अमेरिकामा भएको प्रतियोगितामा २० देशका खेलाडीहरुको भिडियो सहभागिता रहेको थियो ।

यसैगरी नेपालका कमल श्रेष्ठले यु ४० मा र जितबहादुर बोटले यू ३० मा स्वर्ण पदक जितेका छन् ।

कमल गत वर्ष नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन् ।

जित च्याम्पियनसिपका पुरुषतर्फका उत्कृष्ट ब्ल्याक बेल्ट खेलाडी चुनिदा पुलिस टिम अनुशासित टोली घोषित भएको थियो ।

जितले १ सय ५० अमेरिकी डलर समेत प्राप्त गरेका छन् ।

त्यस्तै पुलिसकै लक्ष्मणबहादुर ऐर, प्रेमबहादुर लिम्बु, पार्वती गुरुङले रजत पदक जितेका छन् ।

लक्ष्मणले यू ५० मा, प्रेमले यू ३० मा, पार्वतीले यू ३० महिलामा दोस्रो स्थान हासिल गरेका हुन् । पार्वती १३ औं सागकी स्वर्ण पदक विजेता हुन् ।

अन्जन चौधरी, हस्तबहादुर तामाङ र निशा दर्नालले कास्य पदक जितेका छन् ।

अन्जन र हस्तले यू ३० र निशाले महिला यू ३० मा तेस्रो स्थान हासिल गरेका थिए । निशा १३ औं सागकी स्वर्ण पदक विजेता हुन् ।

प्रतियोगितामा सुरेन्द्रबहादुर महरा, सिता तामाङ र निर्मला विकेले पनि भाग लिएका थिए ।

पुलिसका खेलाडीको अन्तर्राष्ट्रिय अनलाईन पुम्से च्याम्पियनसिपमा १३ औं सहभागिता रहेको खेलाडी समेत रहेका प्रशिक्षक लक्ष्मणबहादुर ऐरले जानकारी दिए ।

सबै खेलाडीको पुम्से प्रदर्शनीको भिडियो खिचेर आयोजकले दिएको लिंकमा अपलोड गरिएको ऐरले बताए । नतिजा शनिबार सार्वजनिक भएकाे हाे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey