भलिबलका पूर्व मुख्य प्रशिक्षक सुदेश रिमाल गम्भीर विरामी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-१०
  • |
  • 229 पटक हेरिएको

नेपाली राष्ट्रिय भलिबल टिमका पूर्व मुख्य प्रशिक्षक सुदेश रिमाल गम्भीर विरामी परेका छन् ।

ब्रेन ह्याम्रेज भएका उनलाई अहिले बाँसबारीस्थित न्यूरो हस्पिटलमा राखिएको छ ।

सोमबार दिउँसो विरामी भएका उनको स्वास्थ्यमा कुनै सुधार नआएको अस्पताल स्रोतले जनाएको छ । थप प्रोसेसका लागि उनका छोरा अस्ट्रेलियाबाट आउनका लागि कुरिरहेको जनाइएको छ ।

नेपाली भलिबलको पहिलो पुस्ताका खेलाडी रिमालले नेपाली टिमको प्रमुख प्रशिक्षकको रुपमा रहेर २०७३–२०७५ सम्म काम गरेका थिए । प्रमुख प्रशिक्षक रिमाल राष्ट्रिय खेलकुद परिषद(राखेप)काे उपनिर्देशकमा बढुवा भएपछि भलिबल छाडेर राखेप अन्तर्गत खेलकुद विज्ञान प्रतिष्ठानको निर्देशक हुन गएका थिए । सुदेश १३ औं सागकाे बेला बिच भलिबलकाे प्रशिक्षक भएर पनि काम गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey