अरूणालाई पिपुल्स च्वाइसकाे अवार्ड जिताउन अभियान सुरू

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-१०
  • |
  • 408 पटक हेरिएको

नेपाल खेलकुद पत्रकार मञ्चले पुष २८ गते प्रदान गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइसको मनोनयनमा रहेकी भलिबलकी कप्तान अरुणा शाहीलाई जिताउनका लागि पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, जिल्ला भलिबल संघ कास्कीले अभियान सुरु गरेका छन ।

नेपालको राष्ट्रिय खेल भलिबल तर्फ महिला टिमकी कप्तान अरुणालाई विजयी बनाउनका लागि जिल्ला र क्षेत्रीय भलिबल संघले नै अग्रसरता लिएको छ । संघले शनिबार पोखरा रंगशालामा एक कार्यक्रम समेत राखेको छ ।

बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दा कप्तान गरेकी अरुणाले दक्षिण एशियाली खेलकुद सागमा पनि टिमलाई रजत पदक दिलाएकी थिइन ।

पल्सर स्पोर्टस अवार्डमा अरुणासँगै फुटबलकी सावित्रा भण्डारी, बास्केटबलकी सदिना श्रेष्ठ, पौडीकी गौरीका सिंह र कराँतेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा रहेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey