राष्ट्रिय प्रतिभा पुरस्कारबाट ७ जना सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-०७
  • |
  • 399 पटक हेरिएको

गतवर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद दोहोरो स्वर्ण पदक विजेता ३ खेलाडी सहित ७ जनालाई खेलकुद मन्त्रालयले राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएमध्येबाट यो वर्ष ७ खेलाडीलाई सम्मानित गरेको हो । राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेमा सागमा दोहोरो स्वर्णधारी करातेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य र गल्फका स्वणसुवास तामाङ रहेका छन् । त्यस्तै साइक्लिङकी लक्ष्मी मगर, भारोत्तोलनका विकास थापा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र शारीरिक सुगठनका समिर श्रेष्ठ छन् । लक्ष्मी, विकास र सन्तोषीले पनि १३औं सागमा स्वर्ण पदक जितेका थिए । उनीहरुले समान ५०–५० हजार रुपैया प्राप्त गरे ।

त्यस्तै २ खेल प्रशिक्षक, २ खेल प्रायोजक तथा खेल संघ, निर्णायक र चिकित्सकबाट समान १ जनालाई पनि मन्त्रालयले सम्मानित गरेको छ । सम्मानित हुने प्रशिक्षकमा तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ र करातेका कुशल श्रेष्ठ छन् । दुवै आ–आफ्नो खेलमा सागका प्रशिक्षक थिए । जुडोका धर्मकुमार श्रेष्ठ निर्णायकको तर्फाबाट सम्मानित हुदाँ संघतर्फ भने नेपाल गल्फ संघ, चिकित्सकतर्फ डाक्टर ज्ञानेन्द्र विक्रम शाह सम्मानित भएका छन् । उता खेल प्रायोजकतर्फ काठमाडौं महानगरपालिका र कतार एयरवेज सम्मानित भएका छन्।

मन्त्रालयले २१ दिने सुचना जारी गर्दा २७ खेलाडी, १२ खेल प्रशिक्षक, ३ खेल निर्णायक, ४ खेल व्यवस्थापक र चिकित्सक, २ खेल संघ र विधा नखुलेका ४ वटा गरी जम्मा ५२ वटा आवेदनहरु परेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey