ओलम्पिकले सुरु गर्यो खेलकुदको अभिलेखिकरण

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०९-०५
  • |
  • 255 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीले नेपाली खेलकुदको अभिलेखिकरणको परियोजनाको औपचारिक सुरुवाट गरेको छ ।

एनओसीले आइओसीको सहयोगमा नेपाली खेलकुदको डिजिटल अभिलेखिकृत प्रोजेक्टको सुरुवात गरेको हो ।

आइतबार पत्रकार सम्मेलन गरेर एनओसीले नेपाली खेलकुदको दूरगामी प्रभाव गर्ने गरेर अभिलेखिकरणको परियोजना सुरु गरेको हो ।

ओलम्पिकका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुदका लागि यो नयाँ अध्यायको सुरुवात भएको बताए ।

पहिलो चरणमा ओलम्पिकले संग्राहलयको काम अघि बढाएको छ । त्यसपछि दोस्रो चरणको परियोजना सुरु हुनेछ।

एनओसीले विभिन्न खेलको सुरुवात, खेलकुद ऐनसंग सम्बन्धित दस्तावेज, एनओसीको ईतिहास, अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले प्रर्दशन, प्रतियोगितासंग सम्बन्धित तस्विर र भिडियो संकलनको प्रयास गरिने बताएको छ ।

परियोजनाले नेपाली खेलकुदको डिजिटल आर्काईभको रुपमा आकार लिने र सबैका लागि उपलब्ध हुने उल्लेख गरेको छ । संग्राहलयमा ओलम्पिकसंग आबद्ध खेललाई बढी प्राथमिकता दिईने एनओसीको भनाई छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey