टोक्यो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुँदैछ : आयोजक

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०८-१९
  • |
  • 165 पटक हेरिएको

कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रबार जनाएको छ ।

आयोजक समिति टोक्यो २०२० ले खेलमा भएको ढिलाईका कारण संचालन खर्चमा थप १ अर्ब ५० करोड डलर लाग्ने तथा कोरोनाभाइरसबाट खेलमा सहभागीलाई जोगाउन थप ९० करोड डलर खर्च हुने बताएको छ ।

यसै वर्ष २०२० मा हुनुपर्ने टोक्यो ओलम्पिक आगामी वर्ष सन् २०२१ मा हुँदैछ । डलर र जापानी येनको परिवत्र्य दरमा हुने फेरबदलले पनि लागत खर्च अरु बढाउने आयोजकको भनाई छ ।

टोक्यो ओलम्पिक खेलमा लागत बढ्दै गएपछि जापानी नागरिकबीच मत विभाजन भएको छ । केहीले महामारीको अवस्थामा खेल आयोजना पूरै रोक्ने वा खेल नै रद्द गर्नेतर्फ जापान सरकारले ध्यान दिनुपर्ने बताउँदै आएका छन् । यद्यपी थप लागतको व्ययभार जापान सरकार, टोक्यो शहर र आयोजकले व्यहोर्ने सहमति भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey