टिममा योङ र सिनियरको कम्बिनेशन मिल्दै छ : अन्जन विष्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-२५
  • |
  • 450 पटक हेरिएको

नेप्लेज । नेपाली फुटबलर अन्जन विष्टले अहिले टिमले लय समात्न थालेको बताएका छन् । बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि ढाकामा रहेका नेपाली राष्ट्रिय टिमका सदस्य विष्टले योङ र सिनियर खेलाडीको कम्बिनेशन मिल्ने बताएका छन् ।

ढाकामा नेप्लेजसँग कुरा गर्दै विष्टले टिमका सदस्यहरुमा केही गर्नुपर्छ भन्ने भावना रहेकाले बंगलादेशसँगको खेलको नतिजा सुखद् हुने अपेक्षा गरे ।
तर, अभ्यासका लागि समय भने पर्याप्त नपाएको स्वीकार गर्दै काठमाडौं र ढाकामा गरेको प्रशिक्षणले पक्कै पनि टिमका लागि फाइदा पुग्ने विश्वास व्यक्त गरे । नेपाली टिममा अहिले युवा खेलाडीहरुको बाहुल्यता रहेको बताउँदै उनीहरुले एक्सपोजर पाएमा भविष्यमा नेपाली टिमका लागि झनै फाइदा पुग्ने बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey