अर्थोप्लास्ट रिह्याब सेन्टरको सद्भावना दूतमा किरण चेम्जोङ

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-१७
  • |
  • 297 पटक हेरिएको

ललितपुरको ग्वार्कोमा रहेको अर्थोप्लास्ट रिह्याब सेन्टरले नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङलाई एक वर्षका लागि सद्भावना दूत नियुक्त गरेको छ ।

८ वर्षदेखि प्यारालाईसिस तथा हाड जोर्नी र नशा सम्बन्धी फिजियोथेरापी, नर्सिङ, स्पिचथेरापी र कृत्रिम अंग प्रत्यारोपण गर्दै आएको अर्थो प्लास्टले पछिल्लो २ वर्षदेखि विभिन्न खेल विधाका खेलाडीहरुसँग पनि काम गर्दै आएको छ ।

खेलाडी र अरुलाई सँगै राखेर सेवा दिँदै आएको सेन्टरले भदौ एक गतेदेखि ‘स्पोर्टस इन्जुरी रिकभरी सेन्टर’ शुरु गर्ने लक्ष्य लिएको छ । त्यसका लागि स्थान लगाएतका हरेक कुराहरु टुंगोमा पुगसकेको र भदौ १ गतेदेखि काम शुरुहुने र दशैं अघि सेवा प्रदान गर्ने लक्ष्य पनि लिइएको छ ।
नेपाली फुटबल टिमका कप्तान चेम्जोङलाई सद्भावना दूतका रुपमा भित्र्याउँदा उत्साहित भएको संस्थाका अध्यक्ष हरिकुमार तामाङले जानकारी दिए ।

कार्यक्रममा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले अर्थोप्लास्टसँग मिलेर आफूहरुले काम गर्ने बताए । विगतमा आफू खेलाडीहुँदा इन्जुरी भए करियर नै सकिने अवस्था रहेको र अहिले यस्ता संस्थाहरु मार्फत खेलाडीहरुले पुर्नजीवन पाएर खेलमा फर्कन पाएको भन्दै आभार पनि व्यक्त गरे ।

के.एम.सीका प्रोफेसर डा. राजीब राज मानन्धरले खेलाडीहरुको सबैभन्दा ठूलो शत्रु इन्ज्योरी रहेकाले उनीहरुलाई समयमै उपाचार दिन सकियो भने खेलाडी र समग्र नेपालले नै फाइदा लिनसक्ने विश्वास व्यक्त गरे ।

नेपाल फिजियो थेरापी संघका अध्यक्ष लक्ष्मण अधिकारीले अर्थोप्लास्टले खेलाडीलाई मात्रै नभई अरुलाई पनि विश्वसनीय सेवा दिएकोमा धन्यवाद दिएका थिए ।

अर्थोप्लास्टका निर्देशक समिद कलिला श्रेष्ठले खेलकूद क्षेत्रमा पनि केही योगदान गर्न सकिन्छकी भनेर यस तर्फ आफूहरु केन्द्रीत हुन लागेको जानकारी दए । अर्थोप्लास्टका स्पोर्टस थेरापिस्ट सुरज भुसालले विगतमा आफूले नेपाली फुटबल टिमसँग गरेको कामका आधारमा आवश्यकता महशुस गरेर यो संस्था शुरु गरेको बताए ।

फुटबल टिमका कप्तान चेम्जोङले सद्भावना दूत भएवापत अर्थोप्लास्टबाट २ लाख बराबरको सेवा पाउने छन् भने उनलाई ल्याबमा ५० प्रशितक छुट पनि दिइने छ । यसैगरी अन्य विधाका अन्तर्राष्ट्रिय खेलाडीलाई ४० प्रतिशत र अरु राष्ट्रिय खेलाडीलाई ३० प्रतिशत छुट दिने पनि जानकारी दिइएको छ ।

सद्भावना दूत भएका चेम्जोङले अर्थोप्लास्टसँग जोडिन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा अझ सेवा विस्तारमा आफ्नो पनि योगदान रहेन प्रतिबद्धता जनाए ।

अर्थो प्लास्टमा अहिले पनि विभिन्न खेलाडीहरुले त्यहाँ गएर फिजियोथेरापी गर्ने गरेका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey