क्यान कप टेबलटेनिसमा राजेन्द्रलाई ३ स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१५
  • |
  • 266 पटक हेरिएको

माघ १५ऽ काठमाडाै‌ं । ललितपुर उमहानगरपालिकाका राजेन्द्र वज्राचार्य ११ औं अन्तर कर्मचारी राष्ट्रिय खेलकुद प्रतियोगिता (क्यान कप) अन्तर्गत टेबलटेनिसको पुरुष सिंगल्समा सोमबार पहिलाे भएका छन् । पुरुष सिंगल्ससहित राजेन्द्रले ४ स्पर्धा समावेश प्रतियोगितामा ३ स्वर्ण जिते ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा राजेन्द्रले नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्यलाई १०–१२, ११–५, ११–८ र ११–६ को सेटमा पराजित गरे ।

राजेन्द्रले सुरेन्द्रराज अवालेसंग मिलेर पुरुष डबल्सको पनि स्वर्ण जिते । यस जोडीले फाइनलमा नेपाल टेलिकमका पारसमान सिंह र प्रदीप उपाध्यायको जोडीलाई ५–११, ११–४, ११–६ र ११–५ को सेटमा हरायो ।

राजेन्द्र र सुरेन्द्रको जोडी भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा पनि च्याम्पियन बन्यो । उनीहरुले फाइनलमा टेलिकमका प्रदीप उपाध्याय र शरदमान श्रेष्ठको जोडीलाई १३–११, ५–११, ११–७ र ११–३ ले पाखा लगाए ।

महिला डबल्सको फाइनलमा टेलिकमका सविता महर्जन र सविना प्रधानको जोडीले नेपाल नागरिक उड्डयन प्राधिकरणका सविना पण्डित र ज्ञानदना श्रेष्ठको जोडीलाई ११–३, ११–६ र ११–९ को सोझो सेटमा हराउदै स्वर्ण जिते ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपालद्वारा आयोजित प्रतियोगितामा अब ब्याडमिन्टन र फुटसलका खेलहरु हुन बाँकी छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey