भारतीय क्रिकेट टिमसँग नाइकीले सम्झौता तोड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-०४
  • |
  • 179 पटक हेरिएको

भारतीय क्रिकेट टिमको जर्सी प्रायोजन गर्दै आएको नाइकीले अब सम्झौता नबिकरण नगर्ने भएको छ । नाइकीले सम्झौता नगर्ने भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले चाँडै टिमका लागि आवश्यक पर्ने जर्सीका लागि टेन्डर माग गर्ने भएको छ । नाइकीले भारतीय टिमसँगको सम्झौता सेप्टेम्बरमा तोड्ने पनि जनाइएको छ ।

उसले चार वर्षको सम्झौताका लागि ३ सय ७० करोड रुपैयाँ दिएको थियो । यसमा ८५ लाख प्रति म्याच फिस र ३० करोड को रोयल्टी पनि सामावेश थियो ।
बीसीसीआई स्रोतका अनुसार नाइकीले भारतीय टिमसँगको सम्झौता नविकरण गर्न पनि चाहेको थियो । तर कोरोना भाइरसको महामारीका कारण धेरै नोक्सान भएपछि यो सम्झौता नविकरण नगर्ने निर्णय गरेको नाइकीले जनाएको छ ।

कोरोनाका कारण भारत र दक्षिण अफ्रिका एक दिवसीय सिरिज रद्ध भयो । यसका साथै भारतीय टिमको श्रीलंका र जिम्बावे टुर पनि रद्द भएको थियो । नोक्सानी विषयमा नाइकीले बीसीसीआईसँग आग्रह गरेपनि वीसीसीआईबाट कुनै सिग्नल प्राप्त नभएको पनि जनाइएको छ । नाइकी कम्पनीले भारतीय टिमलाई जुक्ता, जर्सी र अरु सामान सित्तैमा दिँदै आएको थियो ।
यस्तै बीसीसीआईको बैठकले नेशनल क्रिकेट एकडेमी बैंग्लोरबाट अनेत्र सार्ने निर्णय पनि भएको थियो । यस्तै कोरोनाक कै दिलीप र बिजय हजारे ट्रफी रद्द गर्ने विषयमा छलफल भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey