खवास वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१५
  • |
  • 180 पटक हेरिएको

माघ १५, कास्की । पोखराको साहारा क्लवले राष्ट्रिय टिमका स्ट्राइकर तथा त्रिभुवन आर्मीका कप्तान भरत खवासलाई वर्ष २०७३ को उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको छ ।

पोखरामा जारी आहा रारा गोल्डकपका बेला क्लवले खवासलाई ३५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

खवासलाई पश्चिमाञ्चल फुटबलका मुख्य प्रशिक्षक खेम गुरुङले दोसल्ला ओडाएर सम्मान गरे ।

खवासलाई राष्ट्रिय टिममा २०७३ सालमा गरेकाे योगदानको कदरस्वरुप सम्मान गरेको हो ।

साथै क्लवले अब हरेक वर्ष एक फुटबल खेलाडीलाई सम्मान गर्ने जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey