“अार्इपीएलमा छनाेट हुने झिनाे अाशा थियो” : सन्दिप
- नेप्लेज
- |
- २०७४-१०-१४
- |
- 385 पटक हेरिएको
माघ १४, काठमाडाैं । अार्इपीएलमा छनाेट भएपछि नेपाली युवा स्पीनर सन्दिप लामिछानेले खुसी ब्यक्त गरेका छन् ।
हाल युएर्इमा रहेका सन्दिपले अक्सनकाे सुचिमा आफ्नो नाम परेपछि छनाेट हुने झिनाे अाशा रहेको प्रतिक्रिया दिएका छन् ।
यो सफलतालार्इ सामान्य रुपमा ‘ह्यान्डल’ गर्ने कोसिस गरिरहेको बताए । सन्दिपले स्टार खेलाडीहरु संग ड्रेसिङ रुम सेयर गर्न पाउने कुराले रोमाञ्चित बनाएको बताए ।
क्रिकेट खेल्न सुरु गर्दा आइपिएल नै खेल्छु भन्ने नलागेको प्रतिकृया दिए । तर सपना देख्न नछोडेको र सोही सपना आज पुरा भएको प्रतिक्रिया दिए ।
हाललाई डिभिजन टु मा केन्द्रित हुने पनि उनले बताए । दिल्लीको टिममा अस्ट्रेलियाका म्याक्सवेल, भारतीय खेलाडी गौतम गंभिर, अफगानिस्तानका मोहम्मद सामी, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट जस्ता स्टार खेलाडीहरु छन् ।
अक्सनमा भने इङल्यान्डका बेन स्टोक सर्वाधिक महंगा ओभरसिज खेलाडी बने । स्टोकलाइ राजस्थान रोयल्यसले १२ करोड ५० लाखमा खरिद गरेको थियो ।