रियल म्याड्रिडले भ्यालेन्सियालार्इ हरायो
- नेप्लेज
- |
- २०७४-१०-१३
- |
- 159 पटक हेरिएको
माघ १३ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित हात पारेको छ । पछिल्लो समय खराब फर्ममा रहेको रियल म्याड्रिडले शनिबार भएको खेलमा भ्यालेन्सियालाई ४–१ ले हरायो ।
भ्यालेन्सियाको मैदानमा रियललाई जित दिलाउनका लागि क्रिष्टियानो रोनाल्डोले २ गोल गरेका थिए । रोनाल्डोले १६औं र ३८औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै रियललाई पहिलो हाफ अघि २–० को अग्रता दिलाएका थिए ।
५८औं मिनेटमा सान्टी मिनाले गोल गर्दै रियलको अग्रता २–१ मा छोट्याएका थिए । तर, ८४औं मिनेटमा मार्सेलोले र ८९औं मिनेटमा टोनी क्रुजले गोल गर्दै रियललाई महत्वपूर्र्ण जित दिलाए ।
जितसँगै रियलले ३८ अंक बनाएको छ । भ्यालेन्सिया भने ४० अंक सहित तेस्रो स्थानमा यथावत छ ।