रुपकलाई मिस्टर फिट्नेस फर्स्ट उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२४
  • |
  • 185 पटक हेरिएको

चैत २४, काठमाडौं । सतुंगल फिट्नेस फर्स्टका रुपक लगुनले चौथो इन्ट्रा मिस्टर फिट्नेस फस्ट च्याम्पियनसिपको उपाधि जितेका छन् ।

शनिबार फिट्नेस फर्स्टद्वारा आयोजित प्रतियोगिताको ओभलअलमा च्याम्पियन बनेका रुपकले ७० केजीमुनि पहिलो भएका सतुंगलकै अमर गमाल र ६० केजीमा पहिलो भएका थानकोटका किस्मान तामाङलाई फाइनल चरणमा पराजित गरे ।

रुपक ७० केजीमाथि पहलिो हुँदै उपाधि होडमा प्रवेश गरेका थिए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३५ हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पारे । उनीहरु तीने जनाले प्रोटिन र मोबाइल पनि पुरस्कार पाए ।

पुरुष फिजिक १६५ सेन्टीमिटर उचाईंमुनि सतंगुलका राजेश तामाङ र १६५ सेन्टीमिटर उचाईमाथि थानकोटका गोकुल श्रेष्ठ पहिलो भए । दुवैले समान ५–५ हजार नगद पुरस्कार पाए ।

शारीरिक सुगठनतर्फ सतुंगलका सूर्य थापा उत्कृष्ट पोजर बन्दै नगद ५ हजार रुपैयाँबाट पुरस्कृत भए । एकदिने प्रतियोगितामा ३४ खेलाडी सहभागी थिए ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey