नव बिहानी तेक्वान्दो बैशाख दोस्रो साता

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१४
  • |
  • 422 पटक हेरिएको

चैत १४, काठमाडौं ।नव बिहानी तेक्वान्दो डोजाङको आयोजनामा प्रथम नव विहानी उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता बैशाख १४ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ३० डोजाङका ४ सय ८० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक विमलकुमार आछामीले जनाएका छन् । पुम्सेसहित पुरुषमा १० र महिलामा ६ गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ३२ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

दुईदिने प्रतियोगिताका खेलहरु इमाडोलको नयाँ बस्तीस्थित आयोजक डोजाङमै हुनेछ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey