‘एफ ए’ कप ड्र, सेमिफाइनलमा म्यानचेस्टर युनाईटेड र टोटेनह्याम खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०५
  • |
  • 157 पटक हेरिएको

चैत्र ५ । इग्लिस फुटबल प्रतियोगिता एफ ए कपको सेमिफाइनलको ड्र सार्वजनिक भएको छ ।

सेमिफाइनल समिकरण पुरा भएसँगै गरिएको ड्र अनुसार पहिलो सेमिफाइनलमा म्यानचेस्टर युनाईटेडले टोटनह्यामसँग वेम्ले मैदानमा खेल्नेछ ।

यस्तै अर्को सेमिफाइनलमा चेल्सीले साउथह्याम्टनसँग प्रतिस्पर्धा गर्नेछ । चेल्सीले गएराति लेस्टर सिटीलाई हराएको थियो भने साउथह्याम्टनले विगान एथ्लेटिकलाई पराजित गरेको थियो ।

त्यसअघि भएको खेलमा म्यानचेस्टर युनाईटेडले ब्रिङटोनलाई र टोटनह्यामले स्वान्से सिटीलाई पाखा लगाएका थिए ।

ड्र कार्यक्रमकी उद्घोषक लेन्सी हिपग्रेभले सेमिफाइनलका प्रतिद्धन्द्धीको नाम उल्टो बताएपछि उपस्थित सबै अचम्ममा परेका थिए ।

उनले सेमिफाइनलमा चेल्सीले म्यानचेस्टर युनाईटेड र साउथह्याम्टनले टोटनह्यामसँग खेल्ने बताएकी थिइन ।

यस विषयमा उनले ट्विटरमा माफि पनि मागेकी छिन । साथै उनले यो आफनो पहिलो र अन्तिम गल्ति समेत नहुँने जिकिर गरेकी छिन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey