नेपालको जवाफी ब्याटिङ सुरु
- नेप्लेज
- |
- २०७४-११-०३
- |
- 156 पटक हेरिएको
फागुन ३ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को फाइनलमा नेपालले अहिले युएईसँग खेलिरहेको छ ।
नेपालले युएईले दिएको २७८ रनको लक्ष्य पछ्याउने क्रममा जवाफी ब्याटिङ सुरु गरेको छ ।
उपकप्तान ज्ञानेन्द्र मल्ल र दिलिप नाथले नेपालको ओपनिङ गरेका छन् । आजको खेलमा नेपाल दवावरहित छ ।
यसअघि नामिवियाको वण्डरर्स मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ४ विकेट गुमाएर २७७ रन बनाएको थियो । युएईका लागि रोहन अस्फाक अहमदले ११४ रनको शतकीय पारी खेलेका थिए ।
त्यस्तै कप्तान रोहन मुस्तफाले ५१, साइमन अनवारले ४० र रमिज साहजादले अविजित ४१ रन बनाएका थिए ।
बलिङतर्फ सन्दिप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले एक एक विकेट लिए ।