रोयल पीसी र बालुवाटार खुकुरी च्यालेञ्जर्स कपको क्वार्टर फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२५
  • |
  • 524 पटक हेरिएको

माघ २५, काठमाडौं । बालुवाटार क्रिकेट क्लब र राेयल पीसी फाइटर खुकुरी च्यालेञ्जर्स कप टि-२० काे क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

विहीबार मुलपानीमा भएकाे खेलमा जित हात पार्दै बालुवाटार समुह बीकाे विजेता र राेयल उपविजेताका रुपमा क्वार्टर फाइनलमा पुगेका हुन् ।

रोयल पीसी फाइटरले त्रिमुर्ति ब्वइजलाई ५८ रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको रोयल पीसीले २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।

रोयलका लागि नरेश चन्दले अर्धशतक पार गर्दै अविजित ७५ रनको योगदान दिए भने सुवास खकुरेलले ४० तथा रविन जोशीले ३० रन बनाए ।

बलिङ तर्फ त्रिमुर्तिका सन्दिप तामाङले ३ विकेट लिए ।

१८३ रनको लक्ष्य पछ्याएको त्रिमुर्ति २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रनमा समेटियो । हिमांशु दत्तले ५७ रनको अर्धशतकिय पारी खेलेपछि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा त्रिमुर्ति पराजित भयो ।

त्रिमुर्तिलाई सस्तैमा समेट्का लागि महबुव आलमले ३ विकेट लिए भने धीरज शाही र बसन्त खत्रीले २–२ विकेट लिए ।

अर्को खेलमा बालुवाटार क्रिकेट क्लबले लर्ड बुद्ध क्रिकेट क्लबलाई १०५ रनले हरायो । सोनु तामाङले १३१ रनको शतकिय योगदान दिएपछि

पहिले ब्याटिङ गरेको बालुवाटारले २० ओभरमा ४ विकेट गुमाउँदै २०८ रन बनाएको थियो ।

सो लक्ष्य पछ्याउने क्रममा लर्ड बुद्ध २० ओभरमा ९ विकेट गुमाउँदै १०३ रनमा समेटियो । लर्ड बुद्धका लागि प्रशुन थापामगरले सर्वाधिक ३२ रन बनाएका थिए ।

लर्ड बुद्धलाई हराउनका लागि शहिसव केसीले ३ विकेट लिए ।
समुह बीबाट बालुवाटार विजेता र रोयल पीसी फाइटर उपविजेताका रुपमा क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey