डिभिजन टूः नेपाल भर्सेस नामिविया प्रिभ्यू

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२४
  • |
  • 634 पटक हेरिएको

माघ २४ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले पहिलो खेल विहीबार घरेलु टिम नामिबियासँग खेल्दैछ ।

नामिबियाको विन्टहक स्थित एफिज पार्कमा हुने खेल नेपाली समय अनुसार दिउसो १ः१५ बजेबाट सुरु हुनेछ । नेपाली टोली सयुंक्त अरब इमिरेट (यूएई) मा तीन अभ्यास खेल खेलेर दुईमा जित र एकमा हार ब्यहोर्दै नामिबिया पुगेको थियो ।

खेल अघिसँग कुरा गर्दै कप्तान पारस खड्काले नामिविया विरुद्ध यसअघि पनि खेलिसकेको भएपनि बलियो टिम रहेको बताए । साथै उनले नेपाली टिम हरेक खेलमा जितका लागि मैदानमा उत्रने धारणा राखे ।

हेड टू हेड

यसअघिका भिडन्तमा नेपाल नामिबियामाथि हावी हुँदै आएको छ । नेपाल र नामिबियाले हालसम्म खेलेका ४ खेलमा नामिबियाले एक खेल जितेको छ भने बाँकी तीन खेल नेपालले आफ्नो पक्षमा पारेको छ ।

२००१ मा भएको आइसीसी ट्रफीमा नामिबियाले नेपाललाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । जसमा नेपालले दिएको १३१ रनको लक्ष्य नामिबियाले २ विकेट गुमाउँदै पूरा गरेको थियो ।

सन् २०१५ मा नामिबियामै भएको डिभिजन २ मा आयोजकसँग नेपालको दोस्रो भेट थियो । उक्त खेलमा नेपालले नामिबियालाई ३ विकेटले हरायो ।

नामिबियाले बनाएको १४२ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर भेटायो ।

नामिबियासँगको बाँकी दुई भेट भने नेपालले घरेलु मैदानमा भएको थियो । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुरमा २०१६ अप्रिलमा भएको पहिलो खेलमा नेपालले ५ विकेटको जित हात पारेको थियो ।

दोस्रो खेलमा नेपाल ३ विकेटले विजयी भयो । कप्तान पारस खड्काले उक्त खेलमा शतकिय पारी खेलेका थिए । नामिबियाले दिएको २३९ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा भेटाएको थियो ।

यसअघि २००३ मा एकदिवसीय विश्वकप खेलिसकेको नामिबियाले डिभिजन दुईको तयारीका लागि दक्षिण अफ्रिकाको भम्रण गरेको थियो । जहाँ उसले स्थानियत टोलीसँग तीन दिवसीय कप र एकदिवसीय सिरिज पनि खेलेको छ । अर्कातिर घरेलु मैदान भएकाले पनि नामिबियाले पहिलो खेलमा नेपाललाई कडा चुनौती दिन सक्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey