विन्टर अाेलम्पिक: ३२ रुसी खेलाडीले अपील गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 371 पटक हेरिएको

माघ २३ । दक्षिण कोरियामा जारी शीतकालीन ओलम्पिकमा आफुलाई सहभागिता नगराएकोमा ३२ जना रुसी खेलाडीले संयुक्त रुपमा अपील गर्ने भएका छन् ।

आजीवन प्रतिबन्धको सजाय भोगिरहेका खेलाडीले समेत कोर्ट अफ आर्विटेसन फर स्पोर्टसमा अपील गर्ने भएका हुन् । उनीहरुको सुनुवाई प्रतियोगिता सुरु हुनुभन्दा दुई दिन अगाडि अर्थात बुधबार हुनेछ ।

रुसको सोचीमा भएको गत संस्करणमा प्रतिबन्धित शक्तिबर्धक पद्धार्थ प्रयोग गरेर खेलेको पुष्टि भएपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले रुसलाई यो संस्करणमा प्रतिबन्ध लगाएको छ । तर १६९ जना खेलाडीलाई भने आईओसीले आफ्नो झण्डामुनि रहेर खेल्नका लागि निमन्त्रणा दिएको थियो ।

आईओसीको अनुसन्धानपछि दुई जना प्रशिक्षक सहित ४३ जनालाई आजीवन प्रतिबन्ध लगाइएको थियो ।

गत साता कोर्ट अफ आर्विटेसन फर स्पोर्टस (सीएएस) ले २८ जना खेलाडीको प्रतिबन्ध फुकुवाको निर्णय गरेको थियो ।

आईओसी अध्यक्ष थोमस बाकले भने सीएएसको यो निर्णयले आफू अचम्मित भएको प्रतिक्रिया दिएका छन् । ‘आईओसीको निमन्त्रणा डोपिङ प्रकरणमा नपरेका खेलाडीका लागि मात्र हो ।’ अध्यक्ष बाकले भने ।

तर ३२ खेलाडीले भने ओलम्पिक खेल्न पाउनुपर्ने भन्दै अपील गरेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey