दक्षिण अफ्रिका विरुद्ध भारत ९ विकेटले विजयी, श्रृङखलामा २-० को अग्रता
- नेप्लेज
- |
- २०७४-१०-२१
- |
- 169 पटक हेरिएको
दक्षिण अफ्रिका विरुद्धको दोस्रो एकदिवसिय खेलमा भारत ९ विकेटले विजयी भएको छ । जितसंगै भारतले ६ खेलको श्रृखंलामा २–०को अग्रता बनाएको छ ।
दक्षिण अफ्रिकाको सेन्चुरीयनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम मात्र ११८ रनमा अलआउट भयो । ३९ रन हुदा पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाले ५१ रन बनाउदा चार विकेट खेर फालेको थियो ।
एक सय सात रन हुदा ६ विकेट गुमाएको दक्षिण अफ्रिकाले बाँकि ११ रन जोड्दा अलआउट भयो । उसका लागि जेपी डुमिनी र जोन्डोले समान २५–२५ रन बनाए भने हसिम अमलाले २३ र क्विन डी ककले २० रनको योगदान गरेपनि बाकि खेलाडी सस्तैमा आउट भए । दक्षिण अफ्रिकालाई सस्तैमा आउट गर्न युज्भेन्द्र चाहलले करीयरकै उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । यस्तै कुलदिप यादवले तीन विकेट हात पारे ।
जवाफमा भारतले १९ ओभर एक बलमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरयो । भारतका लागि शिखर धवनले ५१ तथा कप्तान विराट कोहलीले ४६ रन बनाए । यस्तै रोहित शर्माले १५ रन थपे ।