युराेकै हाइप्राेफाइल खेल- विश्वविजेतालाई जर्मनीकाे चुनाैति

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०१
  • |
  • 1128 पटक हेरिएको

नेप्लेज । युरो कप फुटबल अन्तर्गत समूह एफको अर्को खेलमा फ्रान्स र जर्मनी आमने सामने हुने भएको छन् । यो खेल नेपाली समय अनुसार राति पौने १ बजे शुरुहुने छ । म्युनिखमा हुने खेलमा विश्वकप विजेता फ्रान्स जितबाट यो प्रतियोगिता शुरु गर्ने लक्ष्यमा हुने छ ।           तर, घरेलु टोली जर्मनी पनि फ्रान्सलाई रोक्दै अघि बढ्ने लक्ष्यमा रहेको छ । फ्रान्सले अहिलेसम्म २ पटक युरो कप जितेको छ । उसले सन् १९८४ र सन् २००० मा युरो जितेको थियो । उता, जर्मनीले भने अहिलेसम्म तीन पटक युरो कप जिति सकेको छ । उसले १९७२, १९८० र १९९६ मा युरो जितेको थियो ।
यी दुई टिम यूरो २०१६ को सेमिफाइनलमा भिडेका थिए । त्यतिबेला २–० गोल अन्तरको जित निकाल्दै फ्रान्स फाइनलमा प्रवेश गरेको थियो । फाइनलमा फ्रान्स पोर्चुगलसँग पराजित भएको थियो ।
फ्रान्स र जर्मनी (वल्डकप या युरो)को समूह चरणमा भने दोस्रो पटक आमने सामने हुँदैछन् ।
मुख्य प्रतियोगितामा यी दुई टिम पाँच पटक भिडेका छन् । जसमा दुई टिमले दुई दुई खेल जित्दा एक खेल बराबरी भएको थियो । दुई टिम समग्रमा ३१ पटक प्रतिस्पर्धामा उत्रदा जर्मनीले १० पटक जितेको छ भने फान्सले १४ पटक आफ्नो पक्षमा नतिजा ल्याएको छ । सात खेल भने बराबरीमा टुंग्एिका छन् ।
जर्मनीको होम ग्राउण्डमा हुन लागेको यो खेलमा रेकर्ड भने फ्रान्सकै राम्रो रहेको छ । म्युनिखमा फ्रान्सले जर्मनीविरुद्ध पछिल्ला पाँच खेलमै पराजय भोग्नु परेको छैन । तीन खेलमा जित निकाल्दा २ खेल बराबरी भएका थिए । फ्रान्स र जर्मनी म्युनिखमा सन् २०१८ मा भिड्दा गोलरहित बराबरीमा सकिएको थियो ।
युरो अघिका पछिल्ला पाँच खेल मध्य फ्रान्सले तीनमा जीत र दुईमा बराबरी खेलेका छ भने जर्मनीले तीनमा जित, एकमा बराबरी र एक खेलमा हार ब्यहोरेको छ ।

फ्रान्सले ६१ बर्षदेखि युरोको पहिलो खेलमा हारेको छैन् । सन् १९६० मा युगोस्लोभाकियासँग ५–४ गोल अन्तरले हारेको थियो । त्यसपछि ८ ओपनिङ म्याचमा फ्रान्सले पाँच खेलमा जित र तीन खेलमा ड्र खेलेको छ ।
उता, जर्मनीको टिमले पनि अहिलेसम्म ओपनिङ म्याच हारेको छैन । उसले १२ ओपनिङ म्याच मध्य सातमा जित र पाँच म्याचमा बराबरी खेलेको छ ।
२००४ पछिका सबै ओपनिङ म्याच जर्मनीले जित्दै आएको छ । जर्मनीको यो १३ औं युरोकप टुर्नामेन्ट पनि हो । जुन सबै टिमभन्दा धेरै युरो खेल्ने टोलीको रुपमा जर्मनी रहेको छ । फ्रान्सविरुद्धको जर्मनीको खेल युरोका लागि ५० औं खेल हो । युरोमा ५० खेल पुरा गर्ने जर्मनी पहिलो टिम पनि बन्ने छ ।

फ्रान्सका ग्रीजम्यानको जर्मनीविरुद्ध राम्रो रेकर्ड रहेको छ । उनले अहिलेसम्म जर्मनीविरुद्ध चार गोल गरिसकेका छन् । जर्मनीका गोलकिपर म्यानुअल नुएर मुख्य प्रतियोगिताका धेरै खेल खेल्ने युरापियन फुटबलको दोस्रो स्थानमा छन् । उनले अहिलेसम्म विश्वकप र युरोकप गरि २७ म्याच खेलेका छन् । यसमा स्पेनका गोल किपर इकर केसिलास र इटलीका जियानलुइगी बफल ३१ म्याचका साथ शीर्ष स्थानमा रहेका छन् ।

फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पलाई अनौठो रेकर्ड बनाउने मौका पनि रहेको छ । यदि उनको टिमले युरो कप जितेमा खेलाडी र प्रशिक्षकको रुपमा पहिलो पटक उपाधिमा उनको नाम दर्ज हुने छ । यस्तै, जर्मनीका प्रशिक्षक जोएचिम लोको यो अन्तिम प्रतियोगिता हो । यसपछि उनले प्रशिक्षकबाट सन्यास लिने बताइएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey