टोकियो ओलम्पिकमा अहिलेसम्म ८५ सय खेलाडी छनौट, बाँकी २० इभेन्ट्सबाट चार प्रतिशत छानिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२८
  • |
  • 733 पटक हेरिएको

टोकियो ओलम्पिक आउन करिव डेढ महिना बाँकी छ । यो प्रतियोगिता हुने नहुने विषयमा विभिन्न आंकलन र विरोध भइरहँदापनि प्रतियोगिता जसरी पनि गर्ने भनेर अन्तराष्ट्रिय ओलम्पिक कमिटी र आयोजक तयारीको अन्तिम चरणमा पुगिसकेका छन । यस्तैमा प्रतियोगितामा सहभागि हुने खेलाडीको संख्याको टुंगोपनि लाग्ने क्रम अन्तिम चरणमा पुगेको छ ।

कोरोनका कारण एक बर्ष स्थगित भएको टोकियो ओलम्पिकमा अहिलेसम्म छनौट चरणबाट आठ हजार पाँच सय खेलाडीले जापानको टिकट पक्का गरेका छन । विभिन्न छनौट चरण पार गरेर ओलम्पिकका लागि स्थान बनाउने ती खेलाडी १७ खेलका रहेका छन । ती आठ हजार पाँच सय खेलाडीमा नेपालबाट पनि चार खेलाडी रहेका छन ।

ओलम्पिकका लागि छनौटको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला पछिल्लो दुई सातामा मात्र २५ वटा छनौटका प्रतियोगिता र बरियताका आधारमा खेलाडी छनौट भएका छन ।

टोकियो ओलम्पिकमा स्थान बनाउने अन्तिम मिती जुनको २९ तारिख रहेको छ । यो यो मिती आउन तीन साताको भन्दा कम समय रहेको छ । यस्तैमा अब विश्व भरबाट २० वटा छनौट प्रतियोगिताबाट चार प्रतिशत खेलाडी छनौट हुनेछ ।

बाँकी कोटाका आधारमा हुनेछन । नेपालबाट पौडी, एथ्लेटिक्स र सुटिङमा नेपालबाट चार खेलाडी जाने पक्का भइसकेको छ । अझै ६ खेलका खेलाडी वाइल्ड कार्डको प्रतिक्षामा छन । त्यसमा पनि तेक्वान्दो र कराँतेले पाउने संभावना निकै न्यून रहेको छ ।

अब वाइल्डकार्डका आशा जुडो र आर्चरीमा रहेको छ । किनकी जुडोमा वाइल्ड कार्डमा धेरै खेलाडीको कोटा रहेको छ । यो पटक ओलम्पिक जुलाई २३ बाट अगष्ट ८ सम्म हुँदैछ । प्रतियोगिताका लागि आइओसीले २९ जना शरणार्थी खेलाडीलाई सहभागि गराउने पक्का पनि गरिसकेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey