स्टेफानो सितसिपास फ्रेन्च ओपनको सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२६
  • |
  • 905 पटक हेरिएको

ग्रिकका खेलाडी स्टेफानो सितसिपास बर्षको दोस्रो ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार राति उनले रुसका ड्यानियल मेदभेटेवलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । सितसिपास पाँचौं वरियता खेलाडी हुन् । उनले ६–३, ७–६ र ७–५ ले सेट आफ्नो पक्षमा पारेका थिए ।

लगातार तेस्रोपल्ट ग्राण्डस्लामको सेमिफाइनलमा पुगेका २२ वर्षीय सितसिपासले फाइनल प्रवेश गर्न छैटौं वरियताका जर्मन खेलाडी अलेक्जान्दर भेरेभसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

Stefanos Tsitsipas stretches for a return against Daniil Medvedev in their French Open quarter-final

स्पेनका अलेजान्द्रो डेभिटोभिचलाई ३–० को सहज सेटमा पराजित गरी भेरेभ करिअरमा पहिलोपल्ट ग्राण्डस्लामको सेमिफाइनलमा पुगेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey