स्विट्जरल्याण्ड र आयरल्याण्डकाे फराकिलाे जित

  • Image नेप्लेज
  • २० जेठ २०७८, बिहिवार
  • 1052 पटक हेरिएको
स्विट्जरल्याण्ड र आयरल्याण्डकाे फराकिलाे जित

फिफा मैत्रीपुर्ण खेलमा स्विट्जरल्याण्डले लिचटेन्स्टेइनमाथि सात शुन्यको भारी जित निकालेको छ । विहिबार राती भएको खेलमा स्विस टिमले कमजोर टिमविरुद्ध गोलको बर्षा गर्यो ।

स्विस टिमले खेलको १९ मिनेटदेखि ८५ मिनेटसम्म गोल गरेको थियो । उसका लागि गाभ्रानोभिकले ह्याट्रिक गरे । खेलको १९ औं मिनेटमा गाभ्रानोभिचको गोलमा अग्रता बनाएको स्विट्जरल्याण्डले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो । तर दोस्रो हाफमा उसले ६ गोल गर्यो । खेलको ४६ औं मिनेटमा फसानेटले गोल गर्दै टिमलाई दुुई शुन्यले अगाडी राखे ।

५७ औं मिनेटमा फ्रिकले आत्मघाती गोल गरेपछि स्विस टिम तीन शुन्यले अगाडी राखे । त्यसपछि ७० औं मिनेटमा फेरी फसानेटले गोल गर्दै टिमलाई चार शुन्यको अग्रता दिलाउन सफल भए ।

त्यसपछि चार मिनेटमा गाभ्रानोभिकले दुई गोल गरे । उनले खेलको ७५ औं र ७९ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि ८५ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै टिमलाई सात शुन्यको जित दिलाए ।

अर्को खेलमा आयरल्याण्डले एन्डोरालाई चार एकले हरायो । उसका जितेमा पारोटले दुई थता नाइट र होर्गनले एक एक गोल गरे ।

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment