ए डिभिजन लिग मनाङबाट खेल्ने ओलाओले भन्छन-‘एनएसएलको क्वालिफायर्सको सिस्टम हटाउनुपर्छ’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१२
  • |
  • 991 पटक हेरिएको

नेपालमा ब्यवसायीक फुटबल खेल्न आउने विदेशी खेलाडीमा अफिज ओलाओले नेपाली समर्थकमाझ केहि परिचित नाम हो । नाइजेरीयन खेलाडी अफिजले नेपालमा निकै लामो समय ब्यवसायीक फुटबल खेलेका थिए । रानीपोखरी कर्नर टिम आरसीटीबाट सन् २०११ देखि २०१३ सम्म खेलेका उनले त्यसपछि संकटा, सुदुरपश्चिम, थ्रीस्टार, मनाङ जस्ता क्लवबाट खेलेका थिए ।

नेपालको ए डिभिजन लिग खेल्ने विदेशी खेलाडीमा अब्बल सावित भएका ओलाओले २०१९ पछि स्वदेश फर्किए । तर पछिल्लो पटक उनी साउदी अरेबीयाको बी डिभिजन क्लव अल हिजाजबाट खेलेका उनी नेपाल सुपर लिगका लागि फेरी नेपाल आएका थिए ।

धनगढी एफसीबाट एनएसएल खेलेका अफिजले प्रतियोगितामा चार गोल गरेका थिए । तर प्रतियोगिताको विचमा नै उनी घाइते हुँदा उनलाई र धनगढी टिमलाई नै घाटा भयो । धनगढीका मुख्य हतियार रहेका अफिजले प्रतियोगिताको विचमा नै घाइते हुँदा अब खेल्न नसक्ने जस्तो भान भएको बताए । नेप्लेजसँगको भिडियो कुराकानीमा उनले टिमले आफुलाई धेरै भरोसा गरेको तर, विचमा चोट लाग्दा निकै दुःख लागेको बताए । साथै उनले त्यसमा पनि आफुले सक्ने खेलेको तर फाइनलमा आफु सब्सिच्युट हुँदा निकै रिस उठेको बताए ।

त्यो बेला आफुले घाइते भएपनि केहि गर्न सक्ने अवस्थामा थिए । आफुले एक मौका पाएको भएपनि त्यसलाई सदुपयोग गर्छु भन्ने लागेको थियो । तर दोस्रो हाफमा सब्सिच्युट हुँदा निकै रिस उठेको र त्यो रिस कोनमा पोखेको बताए ।

यसका साथै हाल नेपालमा लकडाउन हुँदा निकै कठिन भएको, कतै जान नपाउने, बस्यो, कोठामा नै सामान्य एक्सरसाइज गर्यो बस्यो । उनले नेपाल सुपर लिगको अनुभव निकै राम्रो रहेको र सो प्रतियोगितापछि आफुलाई भारतीय क्लवबाट पनि प्रस्ताव आएको धारणा राखे । यस्तै उनले त्यो प्रस्तावमा कुरा मिलेमा आफ्ना लागि निकै राम्रो हुने बताए ।

यसका साथै उनले अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिग गरेको खण्डमा आफुले सो क्लवबाट खेल्ने बचन दिइसकेको बताए ।

हेरौ ओलाओलेसँगको कुराकानी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey