खेलाडीकै लापर्बाहीले आईपीएलमा कोरोनाको इन्ट्री !

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०२
  • |
  • 448 पटक हेरिएको

कोरोना महामारीका कारण विश्व क्रिकेटकै सर्वाधिक चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भइसकेको छ ।  गत संस्करण युएईमा बन्द रंगशालामा आयोजना गरिएको आईपीएलको यो सिजन भने भारतमै आयोजना गरिएको थियो ।

कोरोना महामारी अत्याधिक बढेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रतियोगिता अनिश्चित समयका लागि स्थगित गरेको छ ।
प्रतियोगिता स्थगित भएको १२ दिन हुँदा पनि कहिले र कसरी बाँकी खेलहरु सञ्चालन गर्ने भन्ने तय हुन सकेको छैन । भारत बाहेक अनेत्र प्रतियोगिता आयोजना गर्ने विषयमा छलफलहरु भए पनि ठोस निर्णय भने सार्वजनिक भएको छैन ।

सनराईजर्स हैदरावादका ऋद्धिमान साहा दोस्रो पटक कोरोना पोजेटिभ भएका छन् भने कोलकता नाइटराईडर्सका प्रसिद्ध कृष्णा पनि बैंग्लोरमा रहेको आफ्नै निवासमा क्वारेन्टिनमा बसेका छन् । चेन्नाई सुपर किंग्सका ब्याटिङ प्रशिक्षक माइक हसी र बलिङ प्रशिक्षक लक्ष्मीपति बालाजीले भने कोरोना जित्न सफल भएका छन् । माइक हसि त आइतबार अस्ट्रेलिया जाने तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आईपीएलमा कोरोनाको इन्ट्रिको विषयमा खेलाडी र बीसीसीआई नै जिम्मेवार रहेका छन् । आईपीएल यस्तो समयमा भारतमा आयोजना भयो की, जहाँ कोरोना अत्याधिक बढेको थियो । बीसीसीआईले चाहेको भए आईपीएल यो सिजन पनि युएईमा आयोजना हुन सक्थ्यो ।

आईपीएल शुरुहुनु पूर्व नै केही खेलाडीले कोरोना भ्याक्सिन लगाउन मानेन् । टाइम्स अफ इन्डियका अनुसार फ्रेन्चाईज टिममले भ्याक्सिन लगाउनका लागि आग्रह गर्दा केही खेलाडीले रुची नै देखाएनन् । यसलाई खेलाडीहरुको गल्तीका साथै जनचेतनाको कमी पनि भनिएको छ ।

दुई वटा टिमले आफ्ना खेलाडीलाई भ्याक्सिन लगाउन सहमत गराए पनि अरु टिम यसमा असफल रहेका थिए । खेलाडीहरुले भ्याक्सिन लगाउँदा ज्वरो आने डरमा परेका थिए । विदेशी खेलाडीहरुले भ्याक्सिन लगाउने इच्छा देखाए पनि कानुनी अड्चनका कारण उनीहरुको इच्छा पुरा भएको थिएन । जसले गर्दा उनीहरु बायो बबलै सुरक्षित हुने कुरामा बढी केन्द्रीत भएका थिए । एक ठाउँबाट अर्को ठाउँमा चार्टड उडानमार्फत यात्रा गरे पनि एयरलाइन्सका स्टाफ लगाएतका अरुसँग पनि उनीहरुको भेटघाट भएको थियो ।

साहा र कृष्णाको रिपोर्टले भारत चिन्तामा
ऋद्धिमान साह र प्रसिद्ध कृष्णाको अहिलेसम्म कोरोना रिपोर्ट नेगेटिभ आएको छैन । उनीहरु २५ मेमा मुम्बई पुग्नु पर्ने बाध्यता रहेको छ । उनीहरु दुवै जना जुन २ मा इंग्ल्याण्ड जाने सूचीमा पनि रहेका छन् । त्यहाँ न्युजिल्याण्डसँग विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्न बाँकी छ ।

एजेन्सीकाे सहयाेगमा 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey