बिराजले बुटवल लुम्बिनीबाट एनएसएल खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०५
  • |
  • 261 पटक हेरिएको

राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले नेपाल सुपर लिग बुटवल लुम्बिनी फुटबल क्लबबाट खेल्ने भएका छन ।

एनएसएलकाे अक्सनमा बिक्रि नभएका बिराजलाई बुटवल लुम्बिनीले अनुबन्ध गरेको छ । अक्सनबाट खरिद गरेका डिफेन्डर सुरज बिकले चोट बोकेपछि बुटवलले विराजलाई भित्र्याएको हाे ।

उनी टिमसँग जाेडिपनि सकेका छन । अक्सनमा बिराज ‘ए’ श्रेणीमा थिए । तर उनीमाथि काेहिपनि टिमले बाेलि लगाएनन् । विराजले राष्ट्रिय टिमबाट सन्यास लिइसकेका छन  । उनले थ्री नेसन्स कपको फाइनलपछि बिराजले सन्यास लिएका थिए ।

एनएसएलका लागि बुटवल लुम्बिनी टिमले तयारी सुरु गरिसकेको छ । साे टिमले गाेलकिपर बिशाल श्रेष्ठलाई मार्कि खेलाडीका रुपमा लिएकाे छ । बुटबल लुम्बिनीले आफ्नो पहिलो १२ गते खेलमा पोखरा थण्डर्सको सामना गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey