इन्टरसँग दुरी घटाउदै एसी मिलान

  • Image नेप्लेज
  • २८ चैत्र २०७७, शनिवार
  • 565 पटक हेरिएको
इन्टरसँग दुरी घटाउदै एसी मिलान

इटालियन सिरि ए को शिर्ष स्थानको एसी मिलानले रेलिगेसन जोनमा रहेको पार्मालाई तीन एक गोलले हराएको छ । यो जितपछि एसी मिलानले शिर्ष स्थानमा रहेको इन्टर मिलानसँगको दुरी आठ अंकमा झारेको छ ।

पार्माको घरेलु मैदानमा भएको खेलमा एसी मिलानको जितमा रेबिक र किसीले एक एक गोल गरे । खेलको आठौं मिनेटमा नै ज्लाटन इब्राहिमोविचको पासमा रेबिकले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछि ४४ औं मिनेटमा किसीले एसी मिलानको अन्तर दुई शुन्यमा पुर्याए ।

६० औं मिनेटमा ज्लाटन रातो कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि एसी मिलान १० खेलाडीमा झर्यो । जसका फाइदा उठाउँदै पार्माले ६६ औं मिनेटमा एक गोल फर्काएको थियो । उसका लागि गालिलोले गोल गरे ।

९० औं मिनेटमा रफायल लियोले गोल गरेपछि एसी मिलानले जित सुनिस्चित गर्यो । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र एसी मिलानले तीन अंक जोडयो ।

यो जितपछि एसी मिलानको ३० खेलमा ६३ अंक भएको छ । शिर्ष स्थानको इन्टरको २९ खेलमा ७१ अंक छ ।

सम्बन्धित खबर

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment