चेल्सीद्वारा पाेर्टाे २-० ले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 405 पटक हेरिएको

युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीले पोर्टोलाई दुई शुन्यले हराएको छ ।

सेभियाको घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितमा मासोन माउन्ट र बेन चिलवेलले एक एक गोल गरे । जसका कारण चेल्सीले पहिलो लेगमा दुई गोलको अग्रता लिन सफल भएको छ ।

प्रशिक्षक थोमस टुसेलको प्रशिक्षण सम्हालेपनि राम्रो लयमा देखिएको चेल्सीले खेलको ३२ औं मिनेटमा अग्रता बनायो । उसका लागि जोर्गिन्होको पासमा माउन्टले गोल गर्न सफल भए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्यो । उसका लागि बेन चिलवेलले गोल गर्न सफल भए ।

त्यसपछि पोर्टो खेलमा फर्कन सकेन र चेल्सीले पहिलो लेगमा दुई शुन्यले विजयी भयो । अब दोस्रो लेगमा चेल्सीले राम्रो राहत हुनेछ । पोर्टोले दोस्रो लेग जितेर अर्को चरणमा पुग्नका लागि कम्तिमा तीन शुन्यको जित निकाल्नु पर्नेछ ।

यो खेलमा केइ हाभेर्टज र टिमो वेरनेरको प्रदर्शन भने राम्रो रहन सकेन । पुरै खेलमा माउन्टको प्रदर्शन विर्सनलायक रह्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey