सुस्मीतालाई स्वर्ण पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१४
  • |
  • 1602 पटक हेरिएको

भैरहवाकी सृस्टी सुरुन्तेल मगरलाई हराउदै कोटेश्वर तेक्वान्दो डोजाङकी सुस्मीता मोक्तानले तेस्रो महिला राष्ट्रिय तेक्वानदो प्रतियोगिताको सिनीयर ६२ किलो तौल समुहको उपाधि जितेकी छिन् ।

सो स्पर्धामा छिन्छुकी रेविना विक र इटहरीकी सुबना खनीयाले कास्य पदक जिते । ४१ जुनियरमा युनिककी सदिक्षा काकीृ पहिलो,लैनचौरकी आकृती गुरुङ दोस्रो तथा युनिर्गल्सकी विनिसा राइ र लैनचौरका दिया रजक तेस्रो भए ।

५३ किलो तौल समुह सिनीयरमा सुपरस्टारकी निलिमा मल्ल पहिलो,चितवनकी रोशनी लिमबु दोस्रो तथा रत्नगरकी उमा तिवारी र काटेश्वरकी गिता कठायत तेस्रो भए ।

१५ वर्ष मुनीको टिम पुम्सेमा कपन टाइगर पहिलो,स्युचाटार दोस्रो तथा बुटवल र सुप्रीम स्कुल तेस्रो भए । १८ वर्ष मुनीको टिम पुम्सेमा स्युचाटार पहिलो,युनाइटेड दोस्रो र बुटवल तेस्रो भए । १५ वर्ष मुनीको एकल पुम्सेमा सुपर स्टारकी सानीया ओली पहिलो,स्युचाटारकी सुदिका सापकोटा दोस्रो तथा युनिर्गल्सकी पूर्णीमा बस्नेत र बुटवलकी रोशनी तामाङ तेस्रो भए ।

१८ वर्ष मुनीको स्पर्धामा स्युचाटारकी मोनीका रम्तेल पहिलो,चीतवनकी जैनब खातुन दोसे तथा स्युचाटारकी मोनीका मगर र स्मृती भित्रीकोटीले काश्य पदक जिते । २३ वर्ष मुनीको समुहमा मुलपानीकी चन्दु शाहीले स्वर्ण,युनिर्गल्सकी रोशनी श्रेष्ठले रजत तथा नेपालगञ्जकी अञ्जली राइ र रत्नगरकी सृजना कुवँरले काश्य पदक जिते ।

३० वर्ष मुनीको समुहमा सुप्रीमकी अनु लामाले स्वर्ण र अल्फाकी सुनिता विष्टले रजत पदक जिते ।

१५ वर्ष मुनीको युगल पुम्सेमा स्युचाटारका रोशनी रोशनी शाह र स्वस्तीका सापकोटाले स्वर्ण तथा सुपर स्टारका सम्झना ओली र दिपशिखा रानाभाटले रजत पदक जिते । यसैगरी, युनिगल्र्सका तोरण कुमारी बस्नेत र पूर्णीमा बस्नेत तथा बुटवलकी अनुस्का तामाङ र रिसीका थापाले कास्य पदक जिते ।

१८ वर्ष मुनी स्युचाटारकै मोनीका रम्तेल र मोनीका मगरको जोडी पहिलो भयो । सुपर स्टारका माया मल्ल र निलिमा मल्ल दोस्रो भए । यसैगरी,बुटवलकी आशा बि।क र एलीजा रोकाय तथा युनाइटेडका साहरा जोशी र सुप्रीया तिमल्सीनाले काश्य पदक जिते ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey