नेपाल मलेसिया र नेदरल्याण्डविचकाे टी-२० सिरिज बैशाख ४ गतेबाट हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१३
  • |
  • 879 पटक हेरिएको

नेपाल मलेसिया र नेदरल्याण्ड्स सम्मिलित अन्तराष्ट्रिय टी २० सिरिज कीर्तिपुर मैदानमा हुने पक्का भएको छ । बैशाख चार गतेबाट यो प्रतियोगिता हुने भएको हो ।

नेपाल क्रिकेट संघ क्यानले विज्ञेप्ती जारी गर्दै यो प्रतियोगिता बैशाख चार गतेबाट ११ गतेसम्म हुने बताएको छ । प्रतियोतिगाको नाम बजाज पल्सर ट्राइ नेशन्स सिरिज रने भएको छ । यो प्रतियोगिताको मुख्य प्रायोजक बजाज रहने भएको छ । यस्तै सिंभम सिमेन्ट पनि प्रायोजकमा रहेको छ ।
डबल राउण्डरोविनका आधारमा हुने प्रतियोगिताका शिर्ष दुई टिमले फाइनल खेल्नेछन ।

प्रतियोगिताका लागि खेलाडी र अफिसियललाई बायो सेक्युयर बबलमा राखिने छ भने पीसीआरको परिक्षण गरिनेछ ।

नेपालले खेल्ने भनिएको आइसीसी विश्व क्रिकेट लिग टु स्थगित भएपछि क्यानले यो प्रतियोगिता गर्न लागेको हो । यो प्रतियोगिताका लागि मलेसिया र नेदरल्याण्ड्स करिव एक साता अगाडी नै नेपाल आउने संभावना रहेको छ ।

नेपाल सरकारको नियम अनुसार तीन दिन अगाडी आएर पीसीआर परिक्षण गर्नुपर्ने भएपछि टिम आएर प्रशिक्षण गर्नुपर्ने भएकाले एक साता अगाडी आउने संभावना रहेको बताइएको छ ।

यसका साथै नेपाली टिमले पनि अर्को साताबाट प्रशिक्षण सुरु गर्नेछ । यसका लागि क्यानले शनिबार बैठक बोलाएको छ । प्रतियोगितामा सहभागि सबै खेलाडी र अफिसियललाई प्रतियोगिता अवधिभर बायो बबलमा राखिने छ ।

यस्तै मैदानमा दर्शकको प्रवेशका विषयमा नेपाल सरकारसँग समन्वय भइरहेको र यदि सरकारले अनुमती दिएको खण्डमा दर्शकलाई राखिने र निषेध गरेमा विना दर्शक प्रतियोगिता गरिने भएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey