जापानका पूर्व ओलम्पिक स्वर्णविजेता काेगाकाे निधन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-११
  • |
  • 591 पटक हेरिएको

जापानका लागि सन् १९९२ मा भएको बार्सिलोना ओलम्पिकमा स्वर्ण जितेका टोसिहिको कोगाको निधन भएको छ । ५३ बर्ष कोगाको अचानक निधन हुनुको कारणबारे भने केहि खुलाइएको छैन ।

गत बर्ष क्यान्सरबाट पिडित उनको उपचार भएको थियो । तर उनको अचानक निधनले जापानको खेलक्षेत्र आश्चार्यमा परेको छ ।

सन् १९९२ को बार्सिलोना ओलम्पिकमा जापानी टिमको कप्तानी गरेका उनले त्यो बेला स्वर्ण जितेका थिए । उनले आफ्नो घुँडामा चोट लाग्दापनि देशका लागि स्वर्ण हात पारेका थिए ।

कोगाले सन् १९९६ को एट्लान्टा समर गेम्समा रजत जितेका थिए । यसका साथै उनले सन् २००४ को ओलम्पिकमा जापानका लागि टर्च समातेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey